अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग फेरि पाकिस्तानमा चाँडै वार्ता हुने संकेत गरेका छन्।
न्यु योर्क पोस्टसँग उनले अमेरिका र इरानबिच ‘आगामी दुई दिनमा’ पुनः वार्ता सुरु हुन सक्ने बताएका हुन्।
उनले भनेका छन्, ‘आगामी दुई दिनमा केही हुन सक्छ र हामी त्यहाँ ९पाकिस्तान० जान इच्छुक छौँ।’
यसअघि गत शनिबार पाकिस्तानको इस्लामाबादमा अमेरिका र इरानबिच २१ घण्टा लामो वार्ता भए पनि निष्कर्षविहीन भएको थियो।
जुन वार्तामा अमेरिकाका तर्फबाट उपराष्ट्रपति जेडी भान्स र इरानबाट संसद्का सभामुख मोहम्मद बाकर कालिबाफले नेतृत्व गरेका थिए।
यसअघि मंगलबार इरानको सरकारी सञ्चारमाध्यमले पनि इरान र पाकिस्तानबिच सन्देश आदानप्रदान भएको तर अमेरिकासँग थप वार्ताबारे ‘कुनै जानकारी’ नभएको उल्लेख गरेको थियो।








