सञ्चारकर्मी आदर्श सुशीलको शब्द रहेको चलचित्र लाइफ ड्यामेजको गीत सार्वजनिक

सञ्चारकर्मी आदर्श सुशीलको शब्द रहेको शब्दमा चलचित्र लाइफ ड्यामेजको गीत सार्वजनिक

‘फेन्टासी कमेडी ड्रामा’ विधामा निर्माण भएको चलचित्र ‘लाइफ ड्यामेज’ मा समावेश ब्युटिफूलम बोलको गीत सार्वजनिक गरिएको छ। जेठ १ गते प्रदर्शन मिति घोषणा गरिएको यस चलचित्रको गीत काठमाडौंमा एक कार्यक्रमबीच रिलिज गरिएको हो।

सार्वजनिक डान्सिङ नम्बरको गीतमा नवलपुरका सञ्चारकर्मी आदर्श सुशीलको शब्द रचना रहेको छ भने एसडी योगीको संगीत र एसडी योगी तथा रेश्मा पुनको स्वर समावेश छ।
गीतको भिडियोको कोरियोग्राफी किरण थापाले गरेका हुन्।

चलचित्रको कथा निमेष श्रेष्ठ, ईशा थापा र अभिषेक खरेलले संयुक्त रूपमा लेखेका हुन्। पहिलोपटक निर्देशनमा हात हालेका श्रेष्ठले ‘लाइफ ड्यामेज’ दर्शकका लागि मनोरञ्जनात्मक र फरक स्वादको ‘फेन्टासी कमेडी ड्रामा’ हुने बताए । कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले सिनेमा हेर्दासम्म रमाइलो हुने र दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको बताए।

अभिनेत्री सुरक्षा पन्तले सिनेमाको अवधारणा मन परेकाले आफूले काम गरेको बताइन्। चलचित्रमा प्रवीण खड्काको छायांकन र बिकेन कार्कीको सम्पादन रहेको छ भने देशव्यापी वितरणको जिम्मा बटरफ्लाई फिल्म्सले लिएको छ। गीतको भिडियो फन रिभोलुसनको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ।

केही वर्षयता कन्टेन्ट क्रियटरका रूपमा परिचित निमेष श्रेष्ठले यस चलचित्रमार्फत निर्देशनमा डेब्यु गरेका हुन्। उनले अभिनेत्री सुरक्षा पन्तसँग स्क्रिन सेयर समेत गरेका छन्।

फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा सुरक्षा पन्त र निमेष श्रेष्ठका साथै ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीश जंग थापा, अजय पन्त, सविन बास्तोला र निरु खड्कालगायत कलाकारहरूको अभिनय रहेको छ।