शीर्षस्थानको अमेरिका विरुद्धको दोस्रो खेलमा पनि नेपालको सानदार जित

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले अमेरिकामाथि १२२ रनको सानदार जित निकालेको छ। यसअघिको खेलमा अमेरिकामाथि ९ विकेटको सानदार जित निकालेको थियो। नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रनमै अलआउट भयो।

उसका लागि सञ्जय कृष्णमुर्तीले ५६, शयान जहांगिरले २७, शेहान जयसुर्याले २६, नोस्थुस केन्जिगेले २४, सैतेजा मुक्कमल्लाले २२, मिलिन्द कुमारले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४१.२ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनायो । अमेरिकाका सञ्जय कृष्णमुर्तीले ५६ रनको इनिङ खेले । उनले ४४ बलमा समान चार चौका र छक्का प्रहार गरे ।

नेपालका लागि सन्दीप लामिछानले तीन विकेट लिए । दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र गुल्शनकुमार झाले समान दुई विकेट हात पार्दा सोमपाल कामीको नाममा एक विकेट रह्यो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३१७ रनको योगफल खडा गरेको थियो ।

नेपालका इशान पाण्डेले ८४ रनको इनिङ खेले । उनले ८३ बलमा आठ चौका र एक छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले ५९ रनको योगदान गरे । उनले ३६ बलमा समान चार चौका र छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले ४६, आसिफ शेखले ४३ र कुशल भुर्तेलले २९ रन जोडे ।

आरिफ शेख १८ रनमा अविजित रहँदा गुल्शन झाले १५ रन बनाए । तेस्रो विकेटका लागि इशान र रोहितले ११० रनको शतकीय साझेदारी गरेका थिए । पहिलो विकेटका लागि आसिफ र कुशलबीच ६९ रनको साझेदारी भएको थियो ।

अमेरिकाका शुभम रञ्जानेले तीन विकेट लिए । रुसिल उगकर, मिलिन्द कुमारले समान एक विकेट हात पारे । जितसँगै २८ खेलमा २४ अंक जोडेको नेपाल पाँचौँ स्थानमा छ । हारका बाबजुद २८ खेलबाट ३८ जोडेको अमेरिका शीर्ष स्थानमा कायम छ ।