युद्धविरामका बीच दक्षिणी इरानमा अमेरिकी आक्रमण

अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रम गरेको जनाएको छ। ती आक्रमण इरानी क्षेप्यास्त्र केन्द्रहरू तथा समुद्री सुरुङ राख्ने प्रयास गरिरहेका डुंगाहरूलाई लक्षित गरेर गरिएको बताइएको छ।

अमेरिकी सेनाको केन्द्रीय कमाण्डले जारी गरेको विज्ञप्तिमा ती आक्रमण आत्मरक्षाका लागि गरिएको तथा इरानी सेनाबाट उत्पन्न खतराबाट आफ्ना सैनिकहरूको सुरक्षा गर्न उद्देश्य राखिएको उल्लेख गरिएको छ।

केन्द्रीय कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले अमेरिकी सेना जारी युद्धविरामका बीच संयमता अपनाउँदै आफ्ना सैनिकहरूको रक्षा गर्न निरन्तर सक्रिय रहेको बताए।