पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ थारु टोल क्षेत्रमा आज भारतीय सशस्त्र सीमा बल ९एसएसबी० सहितको टोली छिरेपछि स्थानीयवासी र सुरक्षाकर्मीबीच विवाद भएको छ ।
स्थानीयका अनुसार बिहानैदेखि उक्त क्षेत्रमा अवस्था तनावपूर्ण बनेको छ। भारतीय एसएसबीको गतिविधि नेपाली भूमिभित्र भएको दाबी गर्दै स्थानीयहरूले विरोध जनाएका हुन्।
घटनापछि सुस्ता क्षेत्रमा दुवै पक्षबीच तनाब बढेको र आवागमन प्रभावित भएको बताइएको छ। सुरक्षा अवस्था संवेदनशील बनेपछि स्थानीय प्रशासन र सुरक्षा निकायको उपस्थिति बढाइएको छ।
यता, स्थानीय प्रशासनले भने घटनाबारे प्रारम्भिक जानकारी संकलन भइरहेको जनाएको छ। तर स्थानीयवासीले प्रशासन यस विषयमा बेखबरजस्तो बनेको गुनासो गरेका छन्।
सुस्तामा भारतीय सुरक्षाकर्मीले बलमिच्याइँ गरेको विषय आजको प्रतिनिधिसभा बैठकमा पनि उठेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुस्ताको नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी छिरेर नेपाली नागरिकमाथि हप्कीदप्की गरेको र स्थानीयवासीले त्यसको प्रतिकार गर्नुपरेको भिडियो सार्वजनिक भएको भन्दै रक्षामन्त्री कहाँ हुनुहुन्छ रु भनेर प्रश्न गरेका छन् ।
यसैबीच पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज घिमिरेले अहिले अवस्था सामान्य रहेको बताएका छन् ।









