दुईपटकको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्स फिफा विश्वकप २०२६ मा जापानसँग बराबरीमा रोकिएको छ ।
अमेरिकाको ड्यालस स्टेडियममा भएको खेलमा जापानले नेदरल्याण्ड्सलाई २(२ को बराबरीमा रोकेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै चार गोल दोस्रो हाफमा भए ।
५०औं मिनेटमा भर्जिल भान डाइकले हेडरमार्फत गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए । तर सात मिनेटमानै जापानका केइतो नाकामुराले गोल गर्दै बराबरी गरे । त्यसको सात मिनेटपछि फेरि ६४औं मिनेटमा नेदरल्यान्ड्सले
क्रिसेन्सो समरभिलको गोलमा अग्रता लियो । यो गोलपछि डच टोली जितको अवस्थामा देखिएको थियो । तर खेलको अन्त्यतिर जापानले आफ्नो कौशल देखायो र बराबरी गोल गर्यो ।
८९औं मिनेटमा डाइची कामाडाले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । कर्नरबाट आएको बललाई उनले हेडर गोल गरेर नेदरल्याण्ड्सलाई अंक बाँड्न बाध्य पारे ।









