फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिनाका लियोनल मेसीले अल्जेरियाविरुद्ध ह्याट्रिक गरेका छन् । अल्जेरियाविरुद्धको खेलमा उनले १७, ६० र ७० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
योसँगै उनले फिफा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमानी बराबरी गरेका छन् । जर्मनीका मिरास्लोभ क्लोजे र मेसीको गोल संख्या १६–१६ पुगेको छ।
मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाले अल्जेरियालाई ३-० गोल अन्तरले पराजित गरेको छ । सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेसीले अल्जेरिया विरुद्ध खेलेपछि छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका थिए । उनले सन् २०१० को विश्वकप बाहेक पाँच विश्वकपमा गोल गरेका छन् ।
चार वर्षअघि कतारमा मेसीले आप्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताएका थिए । यस्तै विश्वकपमा मेसीले कीर्तिमानी २७औं खेल खेलेका छन् ।









