५२ वर्षपछि विश्वकप खेलेको कंगोसँग बराबरीमा रोकियो पोर्चुगल

फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा  पोर्चुगल डिआर कंगो सँग १-१ को बराबरीमा रोकिएको छ ।

अमेरिकाको ह्युस्टन स्टेडियममा भएको समुह के को खेलमा पोर्चुगलले सुरुवातमै अग्रता लिएपनि जोगाउन नसक्दा कंगोसँग अंक बाँड्न बाध्य भयो ।

जोआओ नेभेसले लागि छैटौं मिनेटमै गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर  ५२ वर्षपछि विश्वकपमा पुनरागमन गरेको डिआर कंगोलेपहिलो हाफमै बराबरी गोल फर्कायो । कंगोका योहान विसाले पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा बराबरी गोल गरे । त्यसपछि कुनै गोल हुन सकेन्  र खेल बराबरीमा सकियाे ।

फिफा विश्वकप इतिहासमा कंगोको यो पहिलो गोल र पहिलो अंक समेत हो । यसअघि सन् १९७४ मा जायरको नामबाट विश्वकप खेल्दा समूह चरणमा तीन खेलमा पराजित भएको कंगोले कुनै गोल गर्न सकेको थिएन ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले लगातार छैटौं विश्वकप खेल्ने लियोनल मेसीको कीर्तिमान बराबरी गरेपनि  गोल भने गर्न सकेनन् ।