फिफा विश्वकप-२०२६ अन्तर्गत डालास स्टेडियममा शुक्रबार बिहान समूह ‘एफ’को खेलमा जापान र स्विडेनले १-१ गोलको बराबरी खेलेका छन्।
पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा १-१ गोल गरेका हुन्। यो खेलपछि जापान ५ अंकसहित समूहको उप विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। यो नतिजाले स्विडेन पनि अन्तिम ३२ मा प्रवेश गरेको छ।
खेलको ५६ औँ मिनेटमा जापानका डायची मायदाले १ गोल गरे। ६२ औँ मिनेटमा स्विडेनका एन्थोनी एलागाले बराबरीमा ल्याए। त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन्।









