फ्रान्सलाई २-० ले हराउँदै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा

सन् २०१० को विजेता स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा २ पटकको विजेता फ्रान्सलाई २-० ले हराउँदै स्पेन उपाधि नजिक पुगेको हो ।

अमेरिकाको टेक्सासस्थित ड्यालस स्टेडियममा स्पेनका लागि मिकेल ओयार्जाबल र पेड्रो पोरोले गोल गरे ।  स्पेनले पहिलो हाफमा एक र दोस्रो हाफमा थप एक गोल गर्यो । २२औं मिनेटमा पेनाल्टी गोलमार्फत स्पेनले पहिलो अग्रता लिएको थियो ।

फ्रान्सका डिफेन्डर लुकास डिग्नेले डिबक्सभित्र लामिन यामललाई लडाएपछि स्पेनले पेनाल्टी पाएको थियो । जसलाई मिकेल ओयार्जाबलले सदुपयोग गर्दे गोल गरे ।

५८औं मिनेटमा स्पेनका लागि  दोस्रो गोल गर्दै  पेड्रो पोरोले अग्रता दोब्बर बनाए । उनले दानी ओल्मोको असिस्टमा गोल गरेका हुन् । क्वार्टरफाइनलसम्म सशक्त प्रदर्शन गर्दै आएको फ्रान्स स्पेन सामू कमजोर देखियो । स्पेन दोस्रो पटक फाइनल प्रवेश गरेको हो । स्पेनले अब फाइलनमा ईंग्ल्याण्ड र अर्जेन्टिनाबिचको विजेतासँग खेल्नेछ ।