रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निट्युडको भूकम्प

रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निट्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ४ बजेर ३० मिनेटमाय रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर स्थानीय मापन (एमएल) अनुसार ५.० म्याग्निट्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का रुकुम पूर्व,अर्घाखाँची, दाङ, रोल्पालगायत आसपासका जिल्लाका स्थानीयहरूले कडा धक्का महसुस भएको जनाएका छन् ।