फेरान टोरेसको निर्णायक गोलमा साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप-२०२६ को उपाधि उचालेको छ। सोमबार बिहान भएको फाइनल खेलमा स्पेन अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि विश्व च्याम्पियन बनेको हो।
यो जितसँगै स्पेनले अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा भएको विश्वकपको २३ औँ संस्करणको उपाधि उचालेको छ। अमेरिकाको न्युयोर्कस्थि न्युजर्सी स्टेडियममा अर्जेन्टिनामाथि १–० को संर्घषपूर्ण जित निकाल्दै स्पेन च्याम्पियन बनेको हो। स्पेनले सन् २०१० पछि विश्वकपको उपाधि जितेको थियो।
स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्व च्याम्पियन बन्ने मौका गुमायो। अर्जेन्टिना सन् १९७८, १९८६ र २०२२ मा च्याम्पियन बनेको थियो। फाइनलमा स्पेनसँग पराजित हुँदा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी गोल्डेन बुटको दौडबाट बाहिरिए।
समूह चरणमा उत्कृष्ट लयमा रहेका मेस्सीले इजिप्टसँगको खेलपछि गोल गर्न सकेनन्। मेस्सीले फाइनलमा गोल गर्न नसक्दा गोल्डेन बुट फ्रान्सका कप्तान केलियन एमबाप्पले जितेका छन्। स्पेनको जितमा फेरान टोरेसले निर्णायक गोल गरे। उनले खेलको १ सय ६ मिनेटमा निर्णायक गोल गरे। त्यसपछि १ सय १४ औँ मिनेटमा फेरान टोरेसले १ भर्सेस १ मा गोल गरेपनि रेफ्रिले अफसाइडको इसारा गरे।
निर्धारित समय दुबै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेलमा अधिकांश समय अर्जेन्टिनाविरुद्ध स्पेन हावी भएपनि बललाई उत्कृष्ट फिनिसिङ दिन भने सकेन।
खेलको इन्ज्युरी समयमा इन्जो फर्नान्डेज दोहोरो पहेँलो कार्ड खादै मैदान छाडेपछि साविक विजेता अर्जेन्टिना १० खेलाडीमा समेटियो। इन्ज्युरी समयको तेस्रो मिनेटमा इन्जोले स्पेनका खेलाडीलाई फाउल गरेपछि इन्जोले दोहोरो पहेलो कार्ड खाँदै मैदान छाडेका थिए। त्यसैको फाइदा उठाउँदै स्पेन गोल गर्न सफल भयो।
सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले गोलअन्तरले पराजित गर्दै विश्वकपको फाइनलयात्रा तय गरेको थियो। स्पेनले फ्रान्सलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको थियो।
ट्रफीसँगै ५१ मिलियन
स्पेनले उपाधि जितेपछि सुनको ट्रफीसँगै ५१ मिलियन अमेरिकी डलर पुरस्कार पायो । उपविजेता अर्जेन्टिनाले ३४ मिलियन डलरमा चित्त बुझायो । यसैगरी तेस्रो भएको इङ्ग्ल्यान्ड ३० मिलियन र चौथो स्थानमा रहेको फ्रान्सले २८ मिलियन डलरको हकदार बनेका थिए ।
यसै गरी पाँचौँदेखि आठौँ स्थानमा रहने टिमलाई २० मिलियन डलर, नवौँदेखि १६ औँ स्थानमा रहने टिमलाई १६ लाख डलर, १७ देखि ३२ औँ स्थान बनाउने टिमलाई १२ मिलियन डलर र समूह चरणबाट बाहिरिने प्रत्येक टिमलाई १० मिलियन डलर प्रदान गरिएको थियो ।
विश्वकपका नायक :
सर्वश्रेष्ठ युवा खेलाडी
- पाउ कुबार्सी (स्पेन)
सर्वश्रेष्ठ गोलरक्षक (गोल्डेन ग्लोभ्स विजेता)
- उनाइ सिमन्स (स्पेन)
सर्वश्रेष्ठ खेलाडी (गोल्डेन बल विजेता)
- रोड्री (स्पेन)
सर्वाधिक गोलकर्ता (गोल्डेन बुट)
- किलियन एम्बापे १० गोल (फ्रान्स)








