बोमलाल गिरी
नवलपुर, साउन २२ गते । नवलपुरको कावासोती–११ कुढौली सडकको बीचमै जिर्ण अवस्थामा रहेको रहेको विजुलीको पोल मर्मत तथा परिवर्तन नगर्दा स्थानीयमा त्रास बढाएको छ । जोखिममा रहेको पोल लामो समयसम्म पनि मर्मत तथा परिवर्तन नगर्दा स्थानीयमा त्रास पैदा गरेको कावासोती–११ का वडाध्यक्ष शारणप्रसाद अधिकारीले बताए ।
‘‘२०५१ सालमा गाडेको फलामको पोल मक्किएर प्वाल परिसकेको थियो, त्यसमाथि गाडीले ठक्कर दिएपछि पुरै बागिङ्को छ, हावा लाग्दा वा पानी पर्दा पनि कुनै पनि बेला ढल्ला सक्ने जोखिम छ,’’ अध्यक्ष अधिकारीले भने, ‘‘पोल सारिदिनका लागि नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रलाई पटक पटक आग्रह गर्दा पनि अहिलेसम्म सारिएको छैन ।’’
अव भने प्राधिकरणले भदौ लागेपछि सार्ने जवाफ दिएको उनको भनाइ छ । अधिकारीका अनुसार डेढ महिना अघि साबुन बेच्ने गाडीले ठक्कर दिएर पोल बङग्याएको हो र उक्त गाडी सम्पर्कमै छ । तर प्राधिकरण भने गाडी सम्पर्कमा नरहेकाले आफूहरुले नै पुनारो पोल विस्थापन गरेर नयाँ राख्ने बताउँछ ।
प्राधिकरणका कावासोती वितरण केन्द्र प्रमुख शिव नारायण गोसालीले गाडीले पोल भाँचेर भागेकाले जोखिम भएको स्वीकार गर्दै प्राधिकरणले नै नयाँ पोल राख्ने बताए । वडाध्यक्ष अधिकारीसँग भदौसम्मा पोल फेर्ने बताएका गोसालीले हामीसँग भने एक दुई दिनमै पोल फेर्ने बताए । बिदाको दिन बाहेक अरु दिन काम गर्दा धेरै समय डिस्टर्व हुन्छ, त्यसैले बिदाको दिन पारेर शनिवार आइतबारसम्म पोल फेर्छौ,’’ कार्यालय प्रमुख गोसालीले भने ।
यस्तो छ पोलको हालत









