नवलपुर, भदौ १८ गते । नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्म्पसले भदौ १० गतेको भोटेकोशी बाढी पीडितहरुका लागि आर्थिक सहयोग गरेको छ ।
क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीबाट तीन लाख ६५ हजार र अध्ययनरत विद्यार्थीहरुबाट संकलित ५७ हजार १२ रुपैयाँ गरी चार लाख २२ हजार १२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोट उद्धार कोषमा जम्मा गरेको क्याम्पस प्रमुख प्रा गणेशमान गिरीले जानकारी दिए ।
प्राकृतिक विपत्तीको यस कठिन समयमा पीडित परिवारहरुको दुःखमा केही हदसम्म भए पनि साथ दिन सकियोस् भनेर क्याम्पस परिवारले आफ्नो सामाथ्र्यअनुसार सहयोग गरेको क्याम्पस प्रशासनले जनाएको छ ।
क्याम्पसले यो सामुहिक सहयोग केवल आर्थिक सहयोग मात्र नभई विपत्तिमा परेका नागरिकहरुप्रति ऐक्यवद्धता, मानवीय समवेदना र सामाजिक उत्तरदायित्वको अभिव्यक्ति भनेको छ । उक्त रकम नविल बैंकको खातामा जम्मा गरिएको हो ।









