सरकारले बजेटमार्फत् घोषणा गरेको बिल चिट्ठा कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ।
करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि २०८३ अनुसार वस्तु तथा सेवा खरिद बिक्रीमा बिल बीजकको लेनदेनको संस्कृति विकास गर्ने तथा उपभोक्तालाई अनिवार्य रूपमा बिल लिन उत्प्रेरित गर्ने उद्देश्यका साथ सरकारले प्रत्येक १५ दिनमा चिठ्ठा मार्फत् करदाता प्रोत्साहन कार्यक्रम गर्दै आएको थियो।
सरकारले साउन महिनामा २ पटक गरेर चिठ्ठा खोलेको थियो। जस अनुसार २ जनाले १० लाख तथा ३० जनाले १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले पुरस्कार पाएका थिए। २५ प्रतिशत आकस्मिक लाभकर कटाइएको थियो ।









