भोटेकोशी बाढीपीडितका लागि नवलपुर होटल व्यवसायी संघद्वारा १ लाख ३८ हजार सहयोग

कावासोती । नवलपुर होटल व्यवसायी संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडितहरुको सहयोगका लागि १ लाख ३८ हजार ६ सय ३३ रुपैयाँ सहयोग गरेको छ।

१५ हजार होटल व्यवसायी महासंघले विपद् सहयोगार्थ संकलन गरेको खातामा संकलन गरेको र १ लाख २३ हजार ६ सय ३३ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स‌ंकलन गरेको संघका अध्यक्ष सन्तोस राना मगरले जानकारी दिए ।

संघमा आबद्ध होटल व्यवसायीहरूसँग हातेमालो गर्दै नवलपुर जिल्लामा संकलन गरिएको शवहरूको पहिचानका लागि आउने परिवारजन तथा आफन्तहरूका लागि निःशुल्क खाना तथा आवासको व्यवस्था समेत गरिएको अध्यक्ष रानाले बताए ।

विपद्बाट प्रभावित नेपालीहरूलाई सहयोग गर्न होटल व्यवसायीहरूबाट स्वस्फूर्त रूपमा रकम संकलन गरिएको संघले जनाएको छ। सहयोग रकम सम्बन्धी विवरणसहितको भौचर जिल्ला प्रशासन कार्यालयलाई बुझाइएको छ ।