बाढीले बौदिकाली प्रवेश गर्ने पक्की पुल बगायो, यातायात पूर्ण रुपमा ठप्प

नवलपुर, असोज १० गते । बाढीले नवलपुरको बौदिकाली गाउँपालिका–२ डेढगाउँ र तनहुँको घिरिङ गाउँपालिका जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुल भत्काएको छ । पुलको डेढगाउँतर्फको पहुँचमार्ग बगाएपछि आवतजावत पूर्ण रुपमा ठप्प भएको छ ।

डेढगाउँ झ्यालवास बाटोबाट आएको पानीको भलले पुलको पहुँचमार्ग भत्काएको गाउँपालिकाका प्रवक्ता श्याम सुन्दर श्रेष्ठले बताए । उनका अनुसार तीन चार वर्ष पहिले पनि बाढीले यो पुलको अर्को तर्फको पहुँचमार्ग भत्काएको थियो ।

पुल भत्केपछि तनहुँको भिमाद, पोखार, दमौली, पाल्पाको रामपुर आवागमन ठप्प भएको छ । बौदिकाली जानका लागि अव गैँडाकोटबाट र राम्दीबाट कालिगण्डकी करिडोर एक मात्र विकल्प रहेको स्थानीय उज्जवल ओझाले बताए ।