नवलपुर, असोज ८ गते । पुलबाट नारायणी नदीमा हाम फाल्न लागेका दुई जनालाई नवलपुर प्रहरीले सकुसल उद्धार गरेको छ । प्रहरीले एक नेपाली र एक भारतीय नागरिकको उद्धार गरेको हो ।
मादक पदार्थ सेवन गरी साइकलमा आएर पुलबाट हाम फाल्न लागेका गैडाकोट नगरपालिका-१ बाखोर गंगानगर टोलका ६२ वर्षीय राज कुमार बि.क.लाई पुलको मुखमा खटिएको प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।
त्यस्तै प्रहरीले गैँडाकोट-२ नारायणीपुलबाट हामफाल्न प्रयास गर्दै गरेको अवस्थामा भारत मतिहारी जिल्ला घर भई हाल चितवनको भरपुर महानगरपालिका-२ क्षेत्रपुर बस्ने ४८ वर्षका बिरेन्द्र प्रसादलाई उद्धार गरेको पण्डितले जानकारी दिए । मुटुका दिर्घ रोगी उहाँको भरतपुर सरकारी अस्पताल चितवनमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।









