नारायणी पुलमा आवागमन खुल्ला

नवलपुर, असोज १२ गते । बाढीले बगाएको राइनो क्रुज जहाज पुलमुनि अड्किएपछि बन्द गरिएको नारायणी पुलमा सवारी साधनको आवागमन खुला गरिएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै पुलमा रातिको समयमा साना तथा अत्यावश्यक सवारी साधनलाई आवतजावत गर्न दिइए पनि ठूला तथा मालवाहक सवारी साधनको आवागमनमा रोक लगाइएको थियो ।

अहिले भने अवस्था हेरेर पुलमा सबै प्रकारका सवारी साधनलाई वारपार गर्न दिइएको इलाका प्रहरी कार्यालय गैँडाकोटका इन्चार्ज, प्रहरी निरीक्षक लक्ष्मण गिरीले जानकारी दिए ।

बाढीले बगाएर ल्याएको क्रुज ुलमुनि अड्किएपछि सुरक्षाका कारण पुलमा सवारी आवागमन बन्द गरिएको थियो । क्रुज भने अहिले पनि पुलको पिलरमै अड्किएको छ । बिहानैदेखि क्रेनको सहायताले पानीको बहाव हेरेर सकेसम्म क्रुजलाई किनारा लगाउने र नभए बगाउने प्रयास हुने गिरीले बताए ।