नारायणी तटीय क्षेत्रका वासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान प्राधिकरणको आग्रह

नवलपुर, असोज ११ गते । नारायण नदीले खतराको तह पार गरेको छ । राष्ट्रिय विपद् जोखिम जोखिम न्यूनीकरण प्राधिकरणले सूचना जारी गर्दै नारायणीले खतराको तह पार गरेको जानकारी दिँदै तटीय क्षेत्रका वासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान भनेको छ ।

चितवन, नवलपरासीपूर्व र नवलपरासीपश्चिम लगायत बजिल्लाका नदी आसपासका बासिन्दालाई तुरुन्त सुरक्षित स्थानमा सर्न प्राधिकरणले सुझाव दिएको हो । नारायणीले खतराको तह पार गर्दै पानीको बहाव ११ मिटर नाघिसेकेको र १३ मिटरसम्म पुग्न सक्ने प्राधिकरणले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म नारायणीको बहाव ११.४८ मिटर पुगेको छ । नारायणीमा ७.३ मिटरलाई चेतावनी र ९ मिटरलाई खतराको तह मानिन्छ ।