पाल्पामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु

पहिरोले घर पुर्दा पाल्पामा ५ जनाको मृत्यु भएको छ। आइतबार ४ जनाको मृत्यु भएको छ। निरन्तर वर्षासँगै खसेको  पहिरोले घर पुरिएर माथागढी गाउँपालिका-३ कसेनीस्थित भैसिकट्टामा आइतबार बिहान तीन जना बेपत्ता भएका थिए। उनीहरू तीनै जना मृत फेला परेका हुन्।

बेपत्ता भएका ७५ वर्षीय लीलबहादुर घर्तीमगर, उनकी नातिनी १७ वर्षीया दीना घर्तीमगर, छिमेकी १५ वर्षीया झरना घर्तीमगर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए। उनीहरूसुतेको अवस्थामा पुरिएका हुन्।