कावासोती । नेपाली कांग्रेसको संस्थापन इतर समूहले नवलपुरमा क्षेत्रीय, प्रदेशसभा निर्वाचन क्षेत्र तथा स्थानीय तहका संयोजक तोकेको छ।
समूहले क्षेत्र नम्बर १ को क्षेत्रीय संयोजकमा शशि किरण बस्ताकोटी र क्षेत्र नम्बर २ को संयोजकमा राजु पाण्डेलाई जिम्मेवारी दिएको छ।
त्यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र १ ‘क’ को संयोजकमा विवेक न्यौपाने र क्षेत्र १ ‘ख’ को संयोजकमा विक्रम कँडेललाई तोकिएको छ।
स्थानीय तहतर्फ गैँडाकोट नगरपालिकाको संयोजकमा शालिग्राम घिमिरे, बुलिङटारको संयोजकमा खिमबहादुर नेपाली र कावासोतीको संयोजकमा मणि भुसाललाई जिम्मेवारी दिइएको जिल्ला सहसंयोजक राजन सुवेदीले जानकारी दिए ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीका क्रममा संस्थापन इतर समूहले संगठनात्मक गतिविधि अघि बढाउन विभिन्न तहमा संयोजक तोकेको हो।









