काठमाडौं– फिल्म ‘प्रसाद २’ आगामी बैशाख १ गते नयाँ वर्षो अवसर पारेर रिलिज गरिने भएको छ । फिलिमको छायांकन ३१ दिनमा सकिएको छ ।
सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्मलाई कास्कीको माछापुछ्रे गाउँपालिकामा खिचिएको हो।
एसजी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममासुदर्शन बस्नेतको लगानी छ। फिल्मका कार्यकारी निर्माता सुवास थापा हुन्।
फिल्ममा अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन्। फिल्ममा विपीन र केकीको साथमा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतको मुख्य भूमिका छ।









