विश्वकै कान्छी महिला प्रधानमन्त्रीबाट राजीनामा घोषणा

(FILES) In this file photo taken on September 12, 2022, New Zealand's Prime Minister Jacinda Ardern speaks about a public holiday on September 26, 2022 to mark the death of Britain's Queen Elizabeth II during a press conference at the Parliament in Wellington. - New Zealand Prime Minister Jacinda Ardern announced on January 19, 2023 she will resign next month. (Photo by Marty MELVILLE / AFP)

एजेन्सी । न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आगामी महिना राजीनामा दिने घोषणा गरेकी छिन्। उनले आफूले नेतृत्वका लागि पर्याप्त क्षमता नभएको उल्लेख पनि गरेकी छन्। अक्टोबर १४ मा हुन लागेको चुनाव अघि नै उनले पद छाड्ने बताएकी हुन्।

उनले आगामी फेब्रुअरी ७ पछि लेबर पार्टीको नेताबाट राजीनामा दिने छिन्। ४२ वर्षीया आर्डर्नको ठाउँमा नयाँ नेता चुनिने छन्।

सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्रीमा नियुक्त भएकी आर्डन विश्वकै कान्छी महिला सरकार प्रमुख बनेकी थिइन्। र, एक वर्ष पछि उनी कार्यालयमा रहँदा बच्चा जन्माउने दोस्रो विश्व नेता बनिन्।

उनले कोरोना महामारी, क्राइस्टचर्च मस्जिद गोलीबारी र ह्वाइट आइल्याण्ड ज्वालामुखी विस्फोटका बेला न्यूजील्याण्डको नेतृत्व गरेकी छिन्।

उनको लोकप्रियता केही महिनायता घट्दै गएका कारण आफूले राजीनमाको बाटो रोजेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।