नेपाली फिल्म क्षेत्रको कथामा ‘चलचित्र’ बन्ने

काठमाडौं । ‘हरी’का निर्देशकद्वय सफल केसी र प्रतीक गुरुङको निर्देशनमा नयाँ फिल्म बन्ने भएको छ । ‘चलचित्र’ शीर्षकमा बन्ने फिल्मका लागि कलाकारमा अभिनेता विपिन कार्की र अर्पण थापा अनुबन्धित भएका छन् ।

मन प्रोडक्सन र रिजोनेटिङ पिक्चर्सको निर्माणमा तयार हुने यो कमेडी विधाको फिल्ममा नेपाली फिल्म क्षेत्रको कथा समावेश गरिने बताइएको छ । सन् २०१९ देखि नै सफल र प्रतिकले यो कथामा काम गर्न थालेका हुन् ।

फागुनतिर फिल्मको छायांकन गर्ने तयारी छ । यसअघि यो फिल्म साउथ एसिया फिल्म ल्याबको कार्यशालामा छनोटमा परेको थियो । अहिले निर्माण टिम फिल्मका लागि ८० कलाकारको अडिसन लिने तयारीमा छन् । सुशान्त श्रेष्ठ र निकुन श्रेष्ठ निर्माता फिल्ममा निर्माताहरु हुन् ।