काठमाडौं । प्रेमकथामा आधारित चलचित्र ‘जीवनसाथी’ माघ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
दीपक तामाङ लामाले निर्देशन गरेको चलचित्र ‘जीवनसाथी’आउँदो शुक्रवारदेखि देशभरका हलहरुबाट प्रदर्शनमा आउने भएको हो । यो चलचित्रको मुख्य भूमिकामा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिसन बस्नेत, सानिया खान रहेका छन् ।
प्रिन्सराज श्रेष्ठ, भरत कुमार मल्ल, दीपक तामाङ लामाको निर्माण रहेको चलचित्र फायर इन्टरप्राइजेज प्रा।लि। र सिन्का फिल्म प्रोडक्सन प्रा।लि।ले निर्माण गरेको हो । भरतकुमार मल्लको प्रस्तुति रहेको चलचित्र मुलुक बाहिर मलेसिया, फ्रान्स, पोर्चुगल, जापानमा समेत विशेष प्रदर्शन हुने निर्देशक लामाले जानकारी दिएका छन् ।









