काठमाडौं । क्रिस्टियानो रोनाल्डो सम्मिलित साउदी अरबको अल नासर क्लब साउदी सुपर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । रोनाल्डोको आगमनबाट निकै उत्साहित बनेको अल नासरले उनको डेब्यु खेलमा जित निकालेको थियो ।
तर साउदी सुपर कपमा भने अल नासर अल इत्तेहादसँग सेमिफाइनलमा ३ १ ले पराजित भयो । साउदीमा रोनाल्डोले लगातार दुई खेलमा गोल गर्न सकेका छैनन् ।
अल इत्तेहादलाई जिताउन रोमारिन्हो, हमदालाह र अल शानक्वीटीले गोल गरे । अल नासरका लागि तलिस्काले एक गोल फर्काए । अर्को सेमिफाइनलमा अल फायहाले साविक विजेता अल हिलाललाई १ ० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । अब उपाधिका लागि हल इत्तेहाद र हल फायहाबीच आगामी आइतबार खेल हुनेछ ।








