एजेन्सी । पाकिस्तानको पेसावर सहरको एक मस्जिदमा आत्मघाती बम विष्फोट हुँदा २० जनाको मृत्यु भएको छ ।
उद्दारकर्मीले बीबीसीलाई बताएअनुसार विष्फोटबाट करिब ९० जना बढि घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। विष्फोटमा मस्तिजको एक भाग पूर्णरूपमा क्षति पुगेको छ।
घाइतेहरूको पेसावरको लेडी रिडिङ अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका प्रवक्ता मोहम्मद असीमका अनुसार घाइतेहरूलाई अस्पताल ल्याउने क्रमम जारी छ।







