काठमाडौं । अभिनेत्री करिष्मा मानन्धरले डिल्लीराम खनालविरुद्व साइबर ब्युरोमा उजुरी हालेकी छिन् । आफ्नो मानहानी गरेको भन्दै करिष्माले डिल्लीरामविरुद्व उजुरी दिएकी हुन् । डिल्लीराम खनाल युट्युबमा चर्को चर्को बोलेर भाइरल भएका व्यक्ति हुन् ।
खनालले एउटा अन्तर्वार्तामा नायिका मानन्धरलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसित जोडेर विवादास्पद अभिव्यक्ति दिएका थिए । सामाजिक सञ्जालमा करिश्माले अति भएपछि आफूले साइबर ब्युरोमा निवेदन दिएको जानकारी दिएकी छन् ।
एक अन्तर्वार्तामा डिल्लीराम खनालले मानन्धर अमेरिकामा रवि लामिछानेसँग लिभिङ टुगेदरमा बसेको दाबी गरेका थिए। उक्त भिडिओको क्लिप सामाजिक सञ्जालमा राख्दै उनले साइबर ब्युरोमा उजुरी गरेकी हुन्। उनले आफू हिन्दु भएकाले लिभिङ टुगेदरमा बस्ने विचारमा विश्वास नगर्ने पनि बताएकी छन्।उनले लेखेकी छिन्…









