टर्की भूकम्पः २२२ घण्टापछि एक महिलाको जिवितै उद्धार

एजेन्सी । टर्कीमा गएको शक्तिशाली भूकम्पमा परेकी एक महिलाको २२२ घण्टापछि जिवितै उद्धार गरिएको छ । टर्कीको काहरामानमारास सहरको भग्नावशेषबाट ४७ वर्षीया मेलिके इमामोउलुलाई जिवितै उद्धार गरिएको हो ।

त्यस्तै टर्कीएकै अदियामान सहरमा भूकम्प गएको करिब २१२ घण्टापछि उद्धारकर्ताले ७७ वर्षीया महिलालाई पनि भग्नावशेषबाट जिबितै उद्धार गरेका छन् ।

२१२ घन्टापछि उद्धारकर्ता भग्नावशेषवाट फतमा गुन्गोरर लाई जिवितै निकालेका हुन् । जिवितै फेला परेपछि उनको परिवारले अँगालो हालेको भिडिओ सार्वजनिक भएको छ ।