पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने

काठमाडौं । बालयौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएकाे छ । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि अभियोग दावी नपुग्ने ठहर गर्दै उच्च अदालतले उनलाई सफाइ दिएको हो ।

जिल्ला अदालत नवलपुरले शाहलाई बालयौन दुराचार मुद्दामा ३० महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तथा पीडित नाबालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको थियो ।

उच्च अदालत पोखराका न्यायाधिशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दावी नपुग्ने ठहर गरेको हो । पलका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने जानकारी दिए ।