पल शाहले सफाइ पाएपछि नायिका पूजा शर्मा खुशीले गदगद

काठमाडौं । नाबालिका बलात्कारबाट अभिनेता पलले सफाइ पाएसँगै नायिका पूजा शर्माले खुसी व्यक्त गरेकी छन्। पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएपछि पल शाहको तस्विर फेसबुकमा राख्दै उनले खुशी व्यक्त गरेकी हुन् । उनले पानी परेसँगै सबै फोहोर पखालिएको टिप्पणी गरेकी छन्।

उनले पलले सफाइ पाएसँगै अब सबै कुरा सुन्दर भएर आएको उल्लेख गरेकी छन्। उनले भनेकी छन्, ‘आज पानी पर्‍यो, सबै फोहोर पखालियो। मेरो साथी पलले सफाइ पायो। अब सबै कुरा सुन्दर भएर आयो। धन्य भगवान्।’