श्रीलंकामा अहिले मानसिक तनाव हटाउने माध्यम क्रिकेट बनेको छ। श्रीलंका चरम आर्थिक अभावबाट गुज्रिएको छ। अस्तव्यस्त अवस्थाले श्रीलंकाका जनता निराश छन् र जसको असर सबै क्षेत्रमा नपर्ने कुरै भएन।
आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा अहिले अत्यावश्यक वस्तुको अभाव छ। इन्धन खरिद गर्न एक साता लामो लाइन बस्नुपर्ने बाध्यतामा जनता छन्। सरकारले सीमित मात्रामा इन्धन उपलब्ध गराएको छ। योसँगै महँगीले जनताका ढाड सेकिएको छ। वैदेशिक मुद्रा सञ्चित सकिएर देश नै टाट पल्टिएको छ। जनताले आजित भएर राष्ट्रपति कार्यालय घेराउ गर्न पुगे र जसको कारण राष्ट्रपति नै भाग्नुपर्यो। राष्ट्रपति कहाँ छन् भन्ने अहिलेसम्म सेनाले सार्वजनिक गरेको छैन। आर्थिक संकटकै कारण शैक्षिक संस्था बन्द गर्नुपर्ने बाध्यता त्यहाँको सरकारको छ। समस्यामाथि समस्या थपिँदै छन्।
चरम आर्थिक अभावबाट गुज्रिएको श्रीलंकाका जनताले अत्यावश्यक वस्तुको उपयोग पनि सहज तरिकाले पाएका छन्। विद्यालय बन्द छन् भने ऊर्जा संकटसँगै पर्यटन क्षेत्र पनि ठप्प छ। यस्तो अवस्थामा पनि क्रिकेटप्रेमी श्रीलंकालाई अस्ट्रेलियासँगको टेस्ट क्रिकेटमा समर्थन गर्न मैदान पुगेका छन्।
यति दृष्टान्तले श्रीलंका इतिहासकै खराब अवस्थाबाट थिलोथिलो परेको छ भन्ने प्रस्ट हुन्छ। औषधि अभाव, भोकमरी, बेरोजगारी पारो निकै माथि चुलिएका छन्। यस्तो अवस्थामा पनि क्रिकेटप्रेमी श्रीलंकालाई अस्ट्रेलियासँगको टेस्ट क्रिकेटमा समर्थन गर्न मैदान पुगेका छन्। यसले गर्दा कठिन परिस्थिति बिर्साउने माध्यम कतिपय मनिसका लागि क्रिकेट बन्यो। श्रीलंकालाई संकटको अवस्थाबाट ध्यान हटाउन क्रिकेट एउटा माध्यम बनेको हो। किन भने अहिले अस्ट्रेलिया टेस्ट खेल्नका लागि श्रीलंका भ्रमणमा छ। यी दुई देशबीच दुई खेलको टेस्ट शृंखला सोमबार १/१ को बराबरीमा सकियो।
श्रीलंकाको खेल हेर्न लामो दूरी पार गरी धेरै जनता रंगशाला धाइरहेका छन्। ‘अहिले हाम्रो देशमा अनेकौं समस्या छन्। मानिसका अत्यावश्यक वस्तुबाट टाढिँदै गएका छन्। विस्तारै हामी सहयोगविहीन हुँदैछौं। हामी उमंग बिनाको गुजारा गरिरहेका छौं। एक सातासम्म इन्धनका लागि लाइन बस्नुपर्ने बाध्यता छ,’ १० वर्षे छोरासँग टेस्ट क्रिकेट हेर्न आएका उजिथ निलन्थाले भने, ‘बालबच्चामा कुनै खुसी दिलाउन सकेका छैनौं। बाल मस्तिष्कमा खराब मानसिकता स्थापित हुने डर हामी अभिभावकमा परेको छ। क्रिकेट हेरिरहँदा दिमागले भोगिरहेका पीडामा केही सन्चो महसुस हुन्छ। केही क्षण भए पनि मानसिक रूपमा शान्ति मिलेको छ।’
श्रीलंकामा ऊर्जा संकटसँगै पर्यटन क्षेत्र पनि ठप्प छ। श्रीलंका आइल्यान्ड भएको नाताले पर्यटकीय स्थलका रूपमा पनि परिचित छ। तर, मन्दीले गर्दा पर्यटकको सत्कार र सेवा सुविधा उपलब्ध गराउन श्रीलंकाले कुन्जुस्याइँ गर्नुपर्ने अवस्था छ, जुन उनीहरूको बाध्यता पनि हो। जसका कारण पर्यटक आगमन घटेका छन्। पर्यटकसँग दिन बिताउने व्यवसायीको जनजीवन संकटमा छ। उनले आफ्नो छोरालाई पनि क्रिकेटर बनाउने सोचेका छन। ‘हामीलाई क्रिकेट निकै मन पर्छ। क्रिकेट हेरेर केही राहत पाउने अपेक्षा गरेको छु। क्रिकेट हेरेर देशको अवस्था भुल्ने प्रयासमा छु। यो मेरो मात्र बाध्यता होइन। आममानिस आफ्नो मन कसरी भुलाउने शीर्षकको खोजीमा छन्।’
दक्षिण एसियाली र क्यारेबियन राष्ट्रमा बेलायती क्रिकेटको जरो निकै गढेको छ। विशेषगरी श्रीलंका, भारत, पाकिस्तानजस्ता देशले क्रिकेटको नामबाट विश्वमा नाम कमाएका छन्। जातीय, धार्मिक र राजनीतिक मुद्दा चलिरहँदा क्रिकेट एउटै मञ्चमा उभिने माध्यम बनिरहेको छ। जसको उदाहरण भारत र पाकिस्तान हुन्। यी दुई राष्ट्रबीचको क्रिकेट खेल हुँदा क्रिकेटको अनुशासनको डोरी कसिलो हुने गरेको छ। सन् १९९६ को विश्वकप फाइनलमा श्रीलंकाले अस्ट्रेलियालाई हराएर उपाधि जितेको थियो। त्यो अवस्थामा तत्कालीन विद्रोही तमिल टाइगर विद्रोही समूहले आफ्नो हतियार केही समय चलाउन रोकेका छन्।
हतियार चलाउन रोक्ने शक्ति क्रिकेटको हो। तामिल समूह स्वतन्त्र राज्यको माग राखेर लडेका हुन्। छिमेकी सहर मताराबाट रेलमा किशोर थिक्षाना नेथुमाक्सिला क्रिकेट रंगशालातिर यात्रा गर्दै थिए। उनी पनि सोही मैदानमा क्रिकेट हेर्न आतुर थिए र उनको पनि तनाव बिर्साउने योजना थियो। १६ वर्षे किशोर यतिबेला परीक्षा दिइरहेको अवस्थामा हुनुपर्ने हो। तर, आर्थिक अभावका कारण विद्यालय बन्दा हुँदा उनको परीक्षा स्थगित भएको छ। उनी भन्छन् दुःखको समय क्रिकेटले साथ दिएको छ।‘पीडा बिर्सने माध्यम क्रिकेट बन्यो। हामी यहाँ क्रिकेट हेर्न आएका हौं,’ थिक्षानाले भने, ‘क्रिकेटले शान्ति मिलेको छ। पीड पर्दा पछाडि लुकेको छ।’








