बिबाह बन्धनमा बाँधिने तयारीमा नायिका पूजा शर्मा

काठमाडौं । नायिका पूजा शर्माले आफू यो वर्ष बैबाहिक जीवनमा बाँधिने बताएकी छिन् ।

नयाँ वर्षको अवसरमा काठमाडौंको काठमाडौं मलमा अवस्थित फेसियल हाउसले तयार पारेको बार्षिक क्यालेन्डर सार्वजनिक गर्दै पूजाले यस्तो बताएकी हुन् । पूजाले यो बर्ष आफूले केही कुराहरु सोचेको र त्यसलाई पुरा गर्न तल्लिन रहने बताइन् ।

पूजा र उनका प्रेमी युद्ध बानियाँले ललितपुरको झम्सिखेलमा रेष्टुरेन्ट संचालन गर्दैैछन् । यही महिनाको अन्तिममा रेष्टुरेन्ट तथा होटल उद्घाटन गर्ने पूजाको तयारी छ । पूजाले भनिन्, ‘यो वर्ष मुख्यतया मैले मेरो जिन्दगीको एउटा नयाँ निर्णय समेत लिदैछु । यो वर्ष बैबाहिक जीवनमा बाँधिने मेरो तयारी छ ।’

पूजाले अब कुनै पनि कुरामा सोचेर मात्र बोल्ने बताइन् । आफूले स्पष्ट रुपमा कुनै पनि बिषयमा कुरा राख्दा विवादमा बढी परेको भन्दै उनले कम बोल्ने बताएकी हुन् ।