भारतको उत्तर प्रदेशका पूर्व सांसद दाजुभाईको प्रहरी हिरासतमै गोली हानी हत्या

एजेन्सी । भारतको उत्तर प्रदेशका पूर्व सांसद एवं बाहुबली नेता अतीक अहमद र उनका भाई अशरफको गोली हानेर हत्या गरिएको छ । उनीहरु लामो समयदेखि प्रहरी हिरासतमा थिए ।

हिरासतकै बीच उत्तर प्रदेशको प्रयागराजमा एक हत्याको मामिलामा सोधपुछका लागि लैजादै गर्दा दुवैमाथि गोली हानिएको थियो । भारतीय संचारमाध्यमसँग कुराकानी गरिरहेका बेला दुवैमाथि पछाडीबाट गोली हानेको भिडिओ सार्वजनिक भएको छ ।

प्रहरीका अनुसार आक्रमणकारीहरु पत्रकार बनेर आएका थिए । तीन आक्रमणकारी पक्राउ परेका छन् । अतिक अहमदको छोरा असदको पनि बिहीबार झाँसीमा प्रहरीले इन्काउन्टरका नाममा हत्या गरेको थियो । अतीक र अशरफको हत्या कसरी भयो भन्ने प्रहरीले अझै स्पष्ट खुलाएको छैन ।