पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान अदालतबाटै पक्राउ

एजेन्सी । किस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । उनी इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ परेका छन् । आफू जोडिएका दुईवटा मुद्दाको सुनुवाइका लागि अदालत पुगेका खानलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर पक्राउ गरेको हो ।

इस्लामावाद प्रहरीले विज्ञप्ति जारी गर्दै उनी पक्राउ परेको पुष्टि गरेको छ । इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) का नेता फवाद चौधरीले अदालत परिसरबाटै खान पक्राउ परेको बताएका छन् ।

‘पूर्व प्रधानमन्त्री इमरान खानलाई अदालत परिसरबाटै उठाइएको छ। वकिल र आम जनतालाई पीडा दियो। इमरान खानलाई अज्ञात मानिसले अज्ञात लोकेशनमा लिएर गए। इस्लामावाद हाइकोर्टका मुख्‍य न्यायाधीशले गृह सचिव तथा आइजीलाई १५ मिनेटभित्र अदातमा पेश हुन आदेश दिएका छन्’ फारुकले लेखेका छन् ।