एजेन्सी । हिन्द महासागरमा माछा मार्ने चिनियाँ पानी जहाज डुबेको छ । चालक दलका सदस्यसहित ३९ जना सवार जहाज गएको मङ्गलबार डुबेको थियो । हिन्द महासागरमा डुबेको चिनियाँ जहाजका चालक दलका सदस्यहरूको खोजी र सहयोग गर्न भारतीय नौसेनाले पी-८१ गस्ती विमान तैनाथ गरेको छ।
खराब मौसमको बाबजुद पनि बुधबार गस्ती विमानले धेरै पटक खोजी कार्य गरेको नौसेनाले जनाएको छ। विमानले समुद्रको सतहमा यस्ता धेरै चीजहरू देख्यो, जुन डुबेको जहाजको अवशेष मानिन्छ।
समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार चिनियाँ जहाजमा चालक दलका सदस्यमा चीनबाहेक इन्डोनेसिया र फिलिपिन्सका नागरिक पनि थिए ।






