एजेन्सी। हिन्दी फिल्म ‘आदिपुरुष’का संवाद लेख्ने मनोज मुन्ताशिरलाई मुम्बई प्रहरीले सुरक्षा दिएको छ । फिल्मको विवादपछि मुन्ताशिरलाई केही व्यक्तिले ज्यान मार्ने धम्की दिएको भन्दै मुम्बई प्रहरीले सुरक्षा दिएको हो ।
एक प्रहरी अधिकारीले समाचार एजेन्सी पीटीआईलाई भनेका छन्, ‘हामीले मनोज शुक्लाबाट सुरक्षाको लागि निवेदन प्राप्त गरेका थियौं, त्यसपछि उनलाई सुरक्षा दिइएको छ।’
चलचित्र आदिपुरुष गत साता रिलिज भएदेखि नै विवादमा परेको छ । फिल्मका धेरै संवादलाई लिएर मानिसहरुले आपत्ति जनाएका छन् । फिल्मलाई लिएर भारत प्रदर्शन भइरहेको छ ।






