विराटनगर । विराटनगर विमानस्थलमा शनिवार दिउँसो साढे ४ बजेतिर स्थानीय केटाकेटीको एक हुल रनवेमा प्रवेश गरेपछि श्री एयरलाइन्सको विमान अवतरणका लागि केही बेर होल्ड गर्नुपरेको छ ।
‘विमान अवतरण हुनै लाग्दा बच्चा छिरेको देखियो, अनि केही समय विमान आकाशमै घुम्नुपरेको हो,’ बरालले भने, ‘दिउँसो साढे ४ बजेतिरको समयमा फेन्सिङ साइडबाट ३–४ जना केटाकेटी छिरेछन् । उनीहरु स्थानीय हुन् । उनीहरुलाई नियन्त्रणमा लिएपछि जहाज आयो फेरि उडेर गयो । केही भएन । ठूलो केही भएको होइन ।’ उनीहरुलाई सम्झाइबुझाई गरेर अभिभावकको जिम्मा लगाइएको उनले जानकारी दिए ।









