चितवन । चितवनमा आमा मारेर फरार कुपुत्र पक्राउ परेका छन् । ७८ वर्षकी आमालाई लाठी प्रहार गरेर भागेका ४० वर्षे पुरन घलेलाई प्रहरीले घर नजिकैबाट पक्रेको हो । घलेले आमा मिनाकुमारी घलेलाई आफ्नै घरको कोठामा लाठी प्रहार गरेका हुन् । टाउकोमा प्रहारपछि मिनाको तत्काल निधन भएको थियो ।
चितवन भरतपुर महानगरपालिका ११ गणेशस्थानमा रहेको घरको कोठामा उनको मृत्यु भएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो । छोराले मादक पदार्थ सेवन गरेपछि भएको विवादमा आमाको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुमान छ ।









