काठमाडौं । राष्ट्रिय परीक्षाबोर्डले विद्यार्थीको ज्ञान, बोध, सिकाइको प्रयोग र उच्च क्षमताकोसमेत मूल्यांकन गर्नेगरी स्तरीकृत परीक्षा लिने भएको छ । यसअघिका परीक्षामा विद्यार्थीको ज्ञान मात्रै मूल्यांकन हुँदै आएकोमा अब भने समग्र क्षमताको मूल्यांकन गरिने बोर्डले जनाएको छ ।
शिक्षा पत्रकार समूहले गरेको सिकाइ र मूल्यांकन विषयक शिक्षा बहसमा बोल्दै बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बोर्डले तल्लो तहदेखि नै विद्यार्थीको मूल्यांकनमा सुधार गर्न लागिएको बताए । ‘अहिलेसम्मका प्रश्नपत्रमा विद्यार्थीको ज्ञान मात्रै नापिरहेका थियौं । अब बोध, प्रयोग र उच्च क्षमताकोसमेत मूल्यांकन गछौं ।’ डा. शर्माले भने, ‘त्यसको काम स्तरीकृत परीक्षामार्फत् गर्छौं ।’डा. शर्माकाअनुसार बोर्डले पहिलो चरणमा ६ देखि ८ कक्षामा अनिवार्य विषयहरु अंग्रेजी, विज्ञान र गणितलाई स्तरीकृत परीक्षामार्फत् मूल्यांकन गर्ने गरी तयारी शुरु गरेको छ । आगामी शैक्षिकसत्रदेखि नै केही पालिकाहरुमा यो लागू गर्ने बोर्डको तयारी छ ।

बोर्डले यसको लागि अहिले धमाधम तयारी गरिरहेको जनाएको छ । सातै प्रदेशमा प्रशिक्षकहरु तयार पार्ने काम सकिएको छ । अहिले जिल्ला र पालिकास्तरमा प्रशिक्षणको काम भइरहेको छ । प्रशिक्षकहरुले पालिकास्तरमा पुगेर विषयगत शिक्षकहरुलाई प्रशिक्षित गरेपछि मात्रै स्तरीकृत परीक्षा लागू गरिने अध्यक्ष शर्माले जानकारी दिए ।
शिक्षकहरुलाई प्रश्नपत्र निर्माणको शीप र विकासको प्रशीक्षण दिएपछि विगतका प्रश्नपत्र निर्माणको शैलीमा सुधार आउने अध्यक्ष डा. शर्माले बताए । प्रश्नपत्र निर्माणमा सुधार आउन साथ शिक्षकको शिक्षण सिकाइको विधि र शैलीमा समेत सुधार आइसिकाइ सुधारमा मद्धत पुग्ने बोर्डको अपेक्षा छ ।
शिक्षकहरुले नयाँ शैलीको प्रश्नपत्र बैंक तयार पा र्ने र परीक्षामात्यही प्रश्नपत्रहरुबाट सोधिने बोर्डले जनाएको छ । स्तरीकृत परीक्षापछि गणित, विज्ञान र अंग्रेजीविषयगाह्रो भन्दै विद्यार्थी डराउने संस्कृतिको अन्त्यहुने र अझ धेरै सिक्न विद्यार्थीलाई उत्प्रेरित गर्ने बोर्डले अपेक्षालिएको डा. शर्माले बताए । विगतका मूल्यांकन प्रणालीमा केही कमजोरी देखिएकाले नै बोर्ड अहिले सुधारमालागिरहेको उनको भनाइ छ ।









