कावासोती । नवलपुरमा विगत सात महिनामा ४७ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । एक सय ४८ जना घाइते भएका छन् । तीमध्ये ६१ गम्भीर र ८७ सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
मङ्सिर महिनामा सबैभन्दा धेरै सवारी दुर्घटना भएको छ भने त्यही महिनामा आठ जनाले ज्यान गुमाएका छन् । साउनमा तीन, भदौ, असोज र माघमा एक÷एकजना, कात्तिकमा छ जना र पुसमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा एक सय १३ वटा सवारी दुर्घटनाबाट ४६ जनाले ज्यान गुमाएका थिए । भने दुई सय २० जना घाइते भएका थिए । २०७८÷७९ मा ९५ वटा सवारी दुर्घटनामा परी ४१ जनाको मृत्यु र दुई सय ४८ जना घाइते भएको सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए ।









