साथीलाई कुटपिट गरी भिडियो बनाएको आरोपमा १३ बालिका पक्राउ

काठमाडौं । साथीलाई कुटपिट गरी भिडिओ बनाएर सामाजिक सञ्जालमा सम्प्रेषण गरेको आरोपमा १३ जना बालिका पक्राउ परेका छन् ।

मोरङको मिक्लाजुङ गाउँपालिका– ३ मा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीमाथि कुटपिट गरी भिडिओसमेत बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गरेको आधारमा उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको हो ।

घटना हेर्दा १४ वर्षीया बालिकालाई स्कुलमा कुटपिट गरी ज्यान मार्ने प्रयास गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सोही विद्यालयमा अध्ययन गर्ने १३ जना बालिकाहरूले सामुहिकरूपमा कुटपिट गरी भिडिओसमेत बनाएर सामाजिक सञ्जालमा सम्प्रेषण गरेको आधारमा उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सामूहिक घटना भएकोले यस बारेमा गम्भीररूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।