अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर ३ जनाको मृत्यु

बुटबल । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर ३ जनाको ज्यान गएको छ। हिजो भुमिकास्थान नगरपालिका २ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका तीन जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको थियो। थप उपचारका लागि लैजादै गर्दा उनीहरुको मृत्यु भएको प्रहरीको भनाइ छ ।

आगोलागिमा परि स्थानीय ७२ बर्षिय पिताम्बर वेल्वासे, ५५ वर्षीय पदम वेल्वासे र ५२ वर्षीय घनश्याम वेल्वासेको मृत्यु भएको हो। ३६ वर्षीय माधव वेल्वासेको गम्भीर अवस्थामा उपचार भइरह्को छ ।

सन्धिखर्क नगरपालिका–४, वाङलामा रहेको मुस्लिम बस्तीमा आगोलागी हुँदा आठ घरगोठ जलेर नष्ट भएका छन्। ४ वटा भैंसी पनि जलेका छन्। कुखुरा फर्ममा आगोलागि हुँदा ८ सयभन्दा बढी कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।