न्यूरो टिप्न जाँदा नारायणी नदीमा बगेर दुई जनाको मृत्यु

कावासोती । नारायणी नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । आइतबार नवलपुरको मध्यबिन्दु नगरपालिका नन्दपुरस्थित नारायणी नदिमा डुबुर नवलपुरको कोल्हुवा बस्ने अन्दाजी ४०, ४५ वर्षकी बगरी बोटे र उनका श्रीमान अन्दाजी ५०,५५ सोम बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बगरीसँगै उनका श्रीमान सोम बोटे नारायणी पारी न्युरोको साग टिप्न जादाँ नदी तर्ने क्रममा डुबी वेपत्ता भएका थिए ।
बगरीलाई उनीहरुसँगै न्यूरो टिप्न गएकाहरुले मृत अवस्थामा भेटेका थिए भने वेपत्ता रहेका सोम बोटेको पनि शव भेटिएको प्रहरीले जनाएको छ । दुवै शव मध्यविन्दु जिल्ला अस्पताल डण्डाको शव गृहमा राखिएको ।