कावासोती । मुलुकभरजसो आपराधिक घटना बढी रहेका छन् । ठगी, कालोबजारी, अपहरण तथा शरीर बन्धक, अवैध चन्दा संकलन, सरकारी छाप दस्तखत किर्ते, संगठित अपराध र हातहतियार तथा खरखजानासम्बन्धी मुद्दा जस्ता संगठित अपराधका घटना बढिरहेको भए पनि मुलुककै कान्छो जिल्ला नवलपुरमा भने यस्ता घटना लगभग शून्यको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
हरेक महिना हुने गरेका घटनाबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा प्रहरीले यस्तो बताएको हो । जिप्रका नवलपुरका प्रहरी नायव उपरिक्षक (डीएसपी) सन्तोष पाठकका अनुसार जिल्लामा कर्तव्य ज्यान सम्बन्धि मुद्दा एउटा पनि छैन । आर्थिक वर्ष २०७८,७९ मा ७ वटा र ०७७,७८ मा ३ वटा कर्तव्य ज्यान सम्बन्धि मुद्दा रहेकोमा हाल एउटा मुद्दा परेकोमा त्यो पनि फर्स्यौट भइसकेको छ ।
ज्यान सम्बन्धि मुद्दा, हाम फालेर मृत्यु, औजार प्रयोग गरी मृत्यु, साधारण चोरी, डाका, जुवा, अपहरण तथा शरीर बन्धक, हात हतियार सम्बन्धि मुद्दा, आगलागी, कुटपिट, अंगभंग, पशुपन्छी सम्बन्धि कसुर सम्बन्धि एउटा पनि मुद्दा नरहेको डीएसपी पाठकले बताए ।

त्यस्तै मानव बेचविखत नथा ओसार पसार, बाल यौन दुरुपयोग तथा दुर्व्यवहार, आत्महत्या दुरुत्साहनको एउटा मुद्दा पनि नरहेको प्रहरीले जनाएको छ ।
यसलाई नवलपुर जिल्ला प्रहरी करा्यालयका प्रमुख प्रहरी उपरिक्षक (एसपी) भुवनेश्वर तिवारी सभ्य सभाजको नमूना भएको बताउँछन् ।

‘सभ्य सभाजमा आपराधिक घटना हुँदैनन्, कामकाजी र पढेलेखेको व्यक्तिहरु बस्ने समाजमा यस्ता घटना कम हुन्छन्, डीएसपी तिवारी भन्छन्, ‘नागरिक सचेत र प्रहरी सक्रिय हुँदा यो सम्भव भएको हो ।’
हेर्नुहोस् भिडियो









