राष्ट्रिय युवा संघद्वारा बिपन्न परिवारलाई घर हस्तान्तरण

कावासोती । नेकपा एमालेको भ्रात्री संगठन राष्ट्रिय युवा संघ नेपालले बिपन्न परिवारलाई घर हस्तान्तरण गरेको छ । संघले आफ्नो ३४औं स्थापना दिवसको अवसरमा सोमबार विपन्न परिवारलाई घर हस्तान्तरण गरेको हो ।

युवा संघको पहलमा करिब २ लाख ५० हजारमा बनेको घर कावासोती-१७ बरौलीटारकी कोपिला  बिकलाई घर हस्तान्तरण गरेको संघका नवलपुर जिल्ला अध्यक्ष कृष्ण कंडेलले जानकारी दिए । कावासोतीमा एक कार्यक्रम गरेर विकलाई घर हस्तान्तरण गरिएको हो ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा नवलपुर इन्चार्ज  तिलक महतको प्रमुख आतिथ्यता भएको कार्यक्रममा निवर्तमान कानुन प्रदेश मन्त्री रोशन गाहा मगर, जिल्ला समन्वय प्रमुख बाबूराम बिश्वकर्मा, स्थानीय प्रतिनिधिहरु लगाएतको उपस्थिती थियो ।

विकले युवा संघ नेपालले दु:खको बेलामा घर बनाएर दिएकोमा खुशी व्यक्त गरिन् । प्रमुख अतिथी रहेका महतले युवा संघ नेपाल हरेकको दु:खमा साथी बनेको र सधै र सबैखाले दुखमा साथी बन्न सुझाव दिए । राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष कंडेलले दु:ख परे युवा संघ नेपाललाई सम्झिन आग्रह गरे ।