राजु सुवेदी/तनहुँ । गएका वर्षहरुमा जस्तै यो वर्षपनि तनहुँको भिमाद नगरपालिका वडा नम्बर १ बडहरभञ्ज्याङ्गमा कान्छीबजार मेला लाग्ने भएको छ । मेला जेष्ठ २३ देखि ३० गतेसम्म लाग्ने छ ।
लखनथापा मेलमिलाप युवा कल्बको आयोजना तथा बडहरभञ्ज्याङ्ग बजार ईकाई समितिको सहआयोजनामा सन्चालन हुन लागेको ८ दिने मेलामा बिभिन्न सांस्कृतीक कार्यक्रम , कौरा प्रतियोगिता तथा वडा स्तरीय सिनियर भलिबल प्रतियोगिता राखिएको कल्बका अध्यक्ष सन्तराम थापाले जानकारी दिए ।
आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्का साथ सन्चालन हुन लागेको मेला अन्तरगत २८ गते कौरा प्रतियोगिता हुने र प्रथम, द्वित्तिय र तृतिय हुनेलाई क्रमशः ३० हजार , २० हजार र १० हजार प्रदान गरिने समाजसेवी निर्मल थापाले बताए ।
त्यसैगरि वडास्तरीय सिनियर भलिबल अन्तर्गत टिम दताका लागि ४ हजार ५ रुपैयाँ राखिएको र बिजेता प्रथम, द्वित्तिय र तृतिय हुनेलाई क्रमशः ७० हजार, ४५ हजार र १० हजारसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।









