राष्ट्रपति असद ११ वर्षपछि अलेप्पो भ्रमणमा

सिरियाका राष्ट्रपति बशर अल असदले ११ वर्षपछि अलेप्पो भ्रमण गरेका छन्।

देशको आर्थिक तथा औद्योगिक केन्द्रको रूपमा रहेको अलेप्पोमा पछिल्लो ११ वर्षसम्म कुनै पनि राष्ट्रपतिले भ्रमण गरेको थिएनन्। थर्मल प्लान्ट र पानी तान्ने मेसिनको उद्घाटनका लागि उनी अलेप्पो पुगेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

देशको उत्तरी क्षेत्रमा पर्ने प्रमुख शहरको रूपमा रहेको अलेप्पोलाई रणनीतिक हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ। सिरियाका विज्ञ, प्राविधिक र कामदारहरूले स्थानीय अनुभव र सहयोगका आधारमा थर्मल प्लान्ट र पानी तान्ने मेसिन निर्माण गरेका हुन्।

देशमा चलेको गृहयुद्धका क्रममा त्यस क्षेत्रमा ठूला भिडन्त भएका थिए। द्वन्द्वका कारण काम समेत प्रभावित भएको थियो। अब भने त्यसलाई पूर्ण रूपमा सञ्चालन गर्न थालिएको छ।