मध्य असारसम्म नवलपुमा ४० प्रतिशत रोपाई सकियो

नवलपुर, असार १६ गते । नवलपुरमा असार १५ सम्म ४० प्रतिशत धान रोपाई सकिएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार नवलपुरमा १८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ ।

ति मध्ये असार १५ सम्म ४० प्रतिशत क्षेत्रफलमा धान रोपाई सकिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस बर्ष पानी राम्रो परेका कारण धान खेतीमा सहज भएको छ ।

सिचाई सुविधा पुगेको २७ हजार हेक्टर क्षेत्रफ मध्ये २० हजार हेक्टर क्षेत्रफल जमिनमा १२ महिना सिंचाई सुविधा उपलब्ध रहेको छ भने ७ हजार हेक्टर क्षेत्रफलमा मौसमी सिचाईको सुविधा रहेको छ ।

सिचाई सुविधा नपुगेको क्षेत्रमा नवलपुरमा आकाशे पानीकै भरमा खेती गर्नु पर्ने बाध्यता रहेको छ । यहाँ सावा मन्सुली, सावित्री, हर्दिनाथ ६, रामधान, अनदि लगायतका धान खेती हुने गर्दछ ।